झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला

सारांश

  • झापा गोल्डकपका पूर्व अध्यक्ष तथा बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन्।
  • बिर्तामोड नगरपालिका–१ स्थित आफ्नै निवासमा बस्नेत झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
  • समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बस्नेत थुप्रै संघ–संस्थामा आवद्ध थिए।

 

२६ वैशाख,  झापा ।

झापा गोल्डकपका पूर्व अध्यक्ष तथा बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन्। बिर्तामोड नगरपालिका–१ स्थित आफ्नै निवासमा बस्नेत झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बस्नेत थुप्रै संघ–संस्थामा आवद्ध थिए।

उनी झापा गोल्डकप आयोजक समितिका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज र रोटरी क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष समेत थिए। बस्नेत नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव, ‘एकका लागि एक’ अभियानका सहसंयोजक, समाज झापाका अध्यक्ष, र सयपत्री ट्रेड लिंकलगायत विभिन्न व्यवसायिक प्रतिष्ठानका सञ्चालक समेत थिए । ४० वर्षे बस्नेतको मृत्यु घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?