विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ९, २०८०
|
|
३५ पटक हेरिएको
Shares
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित

सारांश

  • हिजो भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो ।
  • यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो ।
  • जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो ।

विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित

काठमाण्डाै – अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ ।

हिजो भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो । जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो । उसले जम्मा ९० रन जोड्यो ।

यो खेलमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । त्यस्तै, मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले समान एक/एक विकेट लिए । नेदरल्यान्ड्सका विक्रमाजित सिंहले सर्वाधिक २५ रन बनाए । त्यसअघि ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकमा अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।

म्याक्सवेलले विश्व कप इतिहासमा सबैभन्दा छिटो ४० बलमा शतक बनाए । उनले ४४ बलमा १ सय ६ रन जोडे । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले पनि शतकीय पारी खेले । जितसँगै अस्ट्रेलियाको ६ अङ्क भएको छ । अस्ट्रेलिया अङ्क तालिकाको चौथो स्थानमा छ । १० अङ्कसहित भारत शीर्षस्थानमा छ ।

समान ८ अङ्ककासाथ दक्षिण अफ्रिका दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छन् । आज इङ्ल्यान्ड र श्रीलंकाबीच खेल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन
सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
एमालेको केन्द्रीय कमिटी बैठक आजबाट
एमालेको केन्द्रीय कमिटी बैठक आजबाट
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
जनमतले बोलायो केन्द्रीय समिति बैठक
जनमतले बोलायो केन्द्रीय समिति बैठक
छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त
छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
रौतहटको नदीमा बेपत्ता ३ बालबालिकामध्ये २ जना मृ*त फेला
रौतहटको नदीमा बेपत्ता ३ बालबालिकामध्ये २ जना मृ*त फेला