तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
३८ पटक हेरिएको
Shares
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै

सारांश

  • १९ वर्षीय दिनेश महतोसहित ६ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
  • बानेश्वरस्थित लिभरपुलमा अध्ययनरत महतो चैत १५ मा भएको प्रदर्शनमा भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका थिए ।
  • मातहतका प्रहरी वृतमा रहेका थुनुवाहरूलाई पनि भद्रकालीस्थित परिसरमा ल्याएर परीक्षामा सहभागी गराएको एसपी बोहराले जानकारी दिए ।

२१ वैशाखः  काठमाडौँ,  

काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका एक जना किशोरसहित ६ जनाले प्रहरी हिरासतबाट परीक्षा दिइरहेका छन् । १९ वर्षीय दिनेश महतोसहित ६ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

बानेश्वरस्थित लिभरपुलमा अध्ययनरत महतो चैत १५ मा भएको प्रदर्शनमा भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका थिए । मातहतका प्रहरी वृतमा रहेका थुनुवाहरूलाई पनि भद्रकालीस्थित परिसरमा ल्याएर परीक्षामा सहभागी गराएको एसपी बोहराले जानकारी दिए । परीक्षामा दिनेहरूमा सिराहा घर भएका दिनेश महतो, सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिन छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
सुदूरपश्चिममा नाउपाका रामेश्वर मन्त्री नियुक्त
सुदूरपश्चिममा नाउपाका रामेश्वर मन्त्री नियुक्त
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन
गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल