निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३७ पटक हेरिएको
Shares
निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद

सारांश

  • सरकारद्धारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
  • सञ्चारमन्त्री खरेलले भने, ‘सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ ।

 

काठमाडौं ।

सरकारद्धारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । सञ्चारमन्त्री खरेलले भने, ‘सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुबैतर्फबाट आ–आफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।’

अभियानका केन्द्रीय प्रेमदिप लिम्बुले वार्तामा सकारात्मक र सौहार्दपूर्ण वातावरण कुराकानी भएको बताए । आन्तरिक गृहकार्य गरेर चरणवद्ध वार्ता र संवादको माध्यमबाट महाअभियानले उठाएको मागहरुको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए । वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानबाट सचिव प्रेमदिप लिम्बुको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका हुन् ।

आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ । सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केही दिन अघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । उक्त समिति अन्तर्गत राजनीतिक दल र विभिन्न पक्षहरुसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा आन्त

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुनेमा प्रहरीले गरे हवाई फायर
तीनकुनेमा प्रहरीले गरे हवाई फायर
सर्लाहीको बसबरियामा ट्याक्टरमा च्यापिएर एक वृद्धको मृ*त्यु, चालक फरार
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ
रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का
रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ