कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
सर्लाही। सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवमाथि हिजो मंगलबार राती ११ बजेतिर गोली प्रहार गरिएको छ। केही अज्ञात व्यक्तिले अध्यक्ष यादवको निजी निवास वडा नं २ इनर्वास्थित बस्दै आएको घरमा १ राउण्ड गोली प्रहार गरेका हुन्।
अध्यक्ष यादवको अनुसार रातीको खाना खाएर हात धुने क्रममा गोली प्रहार भएको हो। कसले र किन यस्तो आक्रमण गरेको बारे केहि थाहा नभएको बताए।
घटना लगत्तै प्रहरी समयमै आएकोले अज्ञात व्यक्तिद्वारा चलाएको गोलीले कुनै पनि मानविय क्षेती नभएको अध्यक्ष यादवले बताए।
थप विवरण आउन बाँकी।
Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी






