हैदराबादलाई हराउँदै गुजरात आईपीएलको दोस्रो स्थानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
२४ पटक हेरिएको
Shares
हैदराबादलाई हराउँदै गुजरात आईपीएलको दोस्रो स्थानमा

सारांश

  •   गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो स्थानमा उक्लिएको छ ।
  •   नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादलाई ३८ रनले पराजित गर्दै गुजरात आईपीएलको दोस्रो स्थानमा उक्लिएको हो ।
  • गुजरात टाइटन्सले दिएको २२५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रनमै समेटियो ।

२० वैशाख, गुजरात । 

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो स्थानमा उक्लिएको छ ।  नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादलाई ३८ रनले पराजित गर्दै गुजरात आईपीएलको दोस्रो स्थानमा उक्लिएको हो । गुजरात टाइटन्सले दिएको २२५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रनमै समेटियो । हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ७४ रनको योगदान दिए । यस्तै, हेनरिक क्लासेनले २३ र ट्राभिस हेडले २० रन जोड्दा नितेशकुमार रेड्डी २१ र कप्तान प्याट कमिन्स १९ रनमा अविजित रहे ।

गुजरातका लागि प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले समान २-२ तथा इशान्त शर्मा र जेराल्ड कोएट्जीले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२४ रनको योगफल तयार पारेको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ७६ र जोस बटलरले ६४ रनको योगदान दिए । साई सुदर्शनले ४८ र वासिङ्टन सुन्दरले २१ रन जोड्दा मोहम्मद शाहरुख खान ६ रनमा अविजित रहे ।  सनराइजर्स हैदराबादका जयदेव उनादकडले ३ तथा जिशान अन्सारी र कप्तान प्याट कमिन्सले समान १-१ विकेट लिए । जितसँगै गुजरात १० खेलबाट १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तर, १० खेलमध्ये सातौँ हार ब्यहोरेको सनराइजर्स हैदराबादको भने प्लेअफको सम्भावना समाप्त भएको छ । शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्सको भने ११ खेलबाट १४ अंक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
आज ‘क्रिसमस डे’ मनाइँदै
आज ‘क्रिसमस डे’ मनाइँदै
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक
लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
कुनै बहानामा चिकित्सकलाई न्यूनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री
कुनै बहानामा चिकित्सकलाई न्यूनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य