११ श्रावण २०८२, शनिबार

हैदराबादलाई हराउँदै गुजरात आईपीएलको दोस्रो स्थानमा

 

२० वैशाख, गुजरात । 

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो स्थानमा उक्लिएको छ ।  नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादलाई ३८ रनले पराजित गर्दै गुजरात आईपीएलको दोस्रो स्थानमा उक्लिएको हो । गुजरात टाइटन्सले दिएको २२५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रनमै समेटियो । हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ७४ रनको योगदान दिए । यस्तै, हेनरिक क्लासेनले २३ र ट्राभिस हेडले २० रन जोड्दा नितेशकुमार रेड्डी २१ र कप्तान प्याट कमिन्स १९ रनमा अविजित रहे ।

गुजरातका लागि प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले समान २-२ तथा इशान्त शर्मा र जेराल्ड कोएट्जीले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२४ रनको योगफल तयार पारेको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ७६ र जोस बटलरले ६४ रनको योगदान दिए । साई सुदर्शनले ४८ र वासिङ्टन सुन्दरले २१ रन जोड्दा मोहम्मद शाहरुख खान ६ रनमा अविजित रहे ।  सनराइजर्स हैदराबादका जयदेव उनादकडले ३ तथा जिशान अन्सारी र कप्तान प्याट कमिन्सले समान १-१ विकेट लिए । जितसँगै गुजरात १० खेलबाट १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तर, १० खेलमध्ये सातौँ हार ब्यहोरेको सनराइजर्स हैदराबादको भने प्लेअफको सम्भावना समाप्त भएको छ । शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्सको भने ११ खेलबाट १४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?