९ श्रावण २०८२, बिहीबार

घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ

 

१६ वैशाख, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका– ७ मङ्गलाघाटमा दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन्  । पर्वतको जलजला गाउँपालिका– ३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोल बस्ने राजु विकले मंगलबार दाउरा प्रहार गर्दा २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलका अनुसार शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका– २ को ज्यामरुकोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गर्दा भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?