बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
२६ पटक हेरिएको
Shares
बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ

सारांश

  • बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–५  की ३३ वर्षीया नेहा अधिकारी रहेकी छन् ।
  • उनलाई आइतबार सोही ठाउँबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

१५ वैशाख, काठमाडौं ।

बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–५  की ३३ वर्षीया नेहा अधिकारी रहेकी छन् । उनलाई आइतबार सोही ठाउँबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीविरुद्ध काठमाडौं र ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी  जारी भइसकेको थियो । उनीविरुद्ध जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर, प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । अधिकारीले एक जना पीडितबाट ३० लाख रूपैयाँ ठगी गरेको उजुरी परेको छ। पक्राउ परेकी अधिकारीलाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल,ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?