१२ श्रावण २०८२, आईतवार

बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ

 

१५ वैशाख, काठमाडौं ।

बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–५  की ३३ वर्षीया नेहा अधिकारी रहेकी छन् । उनलाई आइतबार सोही ठाउँबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीविरुद्ध काठमाडौं र ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी  जारी भइसकेको थियो । उनीविरुद्ध जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर, प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । अधिकारीले एक जना पीडितबाट ३० लाख रूपैयाँ ठगी गरेको उजुरी परेको छ। पक्राउ परेकी अधिकारीलाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल,ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?