अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २१, २०८१
|
|
३२ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प

सारांश

  • अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शुरूआती अग्रता हासिल गरेका छन् ।
  • निर्वाचनको पछिल्लो परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले ४६ दशमलव ८ प्रतिशत मत प्राप्त गरेकी छन् भने पूर्व राष्ट्रपति ट्रम्पले ५१ दशमलव ७ प्रतिशत मत ल्याएका छन् ।
  • ५ सय ३८ इलेक्टोरल कलेजमध्ये ट्रम्पले २३० वटामा जीत हासिल गरेका छन् भने ह्यारिसले १९२ जीत हात पारेको एसोसिएटिड प्रेस (एपी)ले जनाएको छ ।

 

२१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शुरूआती अग्रता हासिल गरेका छन् ।

निर्वाचनको पछिल्लो परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले ४६ दशमलव ८ प्रतिशत मत प्राप्त गरेकी छन् भने पूर्व राष्ट्रपति ट्रम्पले ५१ दशमलव ७ प्रतिशत मत ल्याएका छन् । ५ सय ३८ इलेक्टोरल कलेजमध्ये ट्रम्पले २३० वटामा जीत हासिल गरेका छन् भने ह्यारिसले १९२ जीत हात पारेको एसोसिएटिड प्रेस (एपी)ले जनाएको छ ।

स्वीङस्टेटमा ट्रम्पको अग्रता

अमेरिकी समयअनुसार राति ११ बजेसम्मको मतगणनामा ट्रम्पले महत्त्वपूर्ण स्वीङ स्टेटहरूमा अग्रता लिएका छन् । पेन्सिल्भेनियामा ६७% मतगणना हुँदा ट्रम्पले अग्रता लिएका छन् भने विस्कन्सिनमा ५९% मतगणना हुँदा पनि ट्रम्प नै अगाडि छन् ।

योसँगै जर्जिया (९०%), एरिजोना (५०%) र उत्तर क्यारोलिना (८६%) मा पनि ट्रम्पले अग्रता कायम राखेका छन् । यद्यपि, कुनै पनि स्वीङ स्टेटको नतिजा एसोसिएटेड प्रेसले आधिकारिक रूपमा घोषणा गरेको छैन । नेभाडाको नतिजा अझै पनि प्रतीक्षामा छ ।

सबैभन्दा अन्तिम स्वीङ स्टेट नेभाडामा स्थानीय समयानुसार राति १० बजे मतदान समाप्त भएको हो । पेन्सिल्भेनिया र विस्कन्सिनमा क्रमशः ५४% र ४८% मतगणना हुँदा ट्रम्प अगाडि छन् भने मिशिगन र एरिजोनामा क्रमशः २०% र ४८% मतगणना हुँदा ह्यारिस अगाडि छिन् ।

जर्जिया र नर्थ क्यारोलिनामा अधिकांश मतगणना सम्पन्न भए पनि यी राज्यहरू अझै ‘टु क्लोज टु कल’ अवस्थामा छन् ।

एरिजोनामा मतदानको समयथपियो  

एरिजोनाको एच काउन्टीका केही मतदान केन्द्रहरूमा मतदान मेशिन तथा प्रिन्टरहरूमा समस्या देखिएपछि मतदान समय थप गरिएको थियो । यस क्रममा नौ मतदान केन्द्रमा मतदान समय दुई घण्टा थप गर्दै राति ९ बजेसम्म मतदान जारी राख्न अदालतले अनुमति दिएको हो।

ट्रम्पको १८भन्दा बढीराज्यमा विजय

एपीको ताजा नतिजाअनुसार ट्रम्पले मिसौरीमा पनि जीत दर्ता गरेपछि अग्रतामा पुगेका छन् ।

यस नतिजासँगै ट्रम्पले हालसम्म १८ भन्दा बढी राज्यमा विजय हासिल गरेका छन् । तर, महत्त्वपूर्ण स्वीङ स्टेटहरूमा हालसम्म कुनै नतिजा आधिकारिक रूपमा पुष्टि भएको छैन ।

ल्याटिनोमतदातामा ह्यारिसको प्रभाव कम  

ल्याटिनो मतदातामध्ये केहीले ह्यारिसलाई समर्थन गरे पनि उनको समर्थनको स्तर जो बाइडेनको भन्दा कम देखिएको छ ।

सीएनएनको एक्जिट पोलका अनुसार ६५% ल्याटिनो मतदाताले बाइडेनलाई समर्थन गरेकोमा यसपटक ह्यारिसलाई थोरै मात्र मतदाताले समर्थन गरेका छन् ।

यसै क्रममा ट्रम्पले ल्याटिनो पुरुष मतदातामा बढ्दो प्रभाव देखाएका छन् ।

सट्टेबाजीको बजार

अमेरिकी निर्वाचनमा सट्टेबाजीको अभ्यास पनि हुने गरेको छ । सट्टेबाजी साइट पोलिमार्केट अनुसार ट्रम्पको जीतको सम्भावना ७५% भन्दा माथि पुगेको छ । यद्यपि यो नतिजा वास्तविक नतिजासँग मेल  नखाने सम्भावना पनि रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

पेन्सिल्भेनियामा बम धम्की  

पेन्सिल्भेनियाको बेल्फोन्टमा रहेको सेन्टर काउन्टी निर्वाचन कार्यालयमा बम रहेको धम्की दिइएको सीएनएनले जनाएको छ । त्यसपछि उक्त भवनलाई केही समयका लागि खाली गराइएको थियो ।

यद्यपि धम्की अविश्वसनीय रहेको पुष्टि भएको छ । एफबीआईले यस्ता धम्कीहरूलाई रुसी स्रोतहरूले प्रेरित गरेको हुन सक्ने अनुमान गर्दै अनुसन्धान गरिरहेको छ ।

ट्रम्पले टेक्सास, ओहायो, नेब्रास्का, नर्थ डाकोटा, साउथ डाकोटा, लुइसियाना, वायोमिङमा जीत हासिल गरेका छन् भने ह्यारिसले न्युयोर्कमा जीत दर्ता गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह
मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह
मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह
मधेश भारतको साथमा छ-आज पनि, भोलि पनि, र सदैव : मुख्यमन्त्री सिंह
मधेश भारतको साथमा छ-आज पनि, भोलि पनि, र सदैव : मुख्यमन्त्री सिंह
भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध
भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध
एक पैसा खाएको छैन, अदालतले न्याय दिनेछ : माधव नेपाल
एक पैसा खाएको छैन, अदालतले न्याय दिनेछ : माधव नेपाल
वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ
वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद बैठक
प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद बैठक
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु