रिसिबीका कारण बालकको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
४० पटक हेरिएको
Shares
रिसिबीका कारण बालकको हत्या

सारांश

  • पक्राउ पर्नेमा वृन्दावन नगरपालिका-७ का २५ वर्षीय नागेन्द्र सहनी, साधु भन्ने २२ वर्षीय नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल, गौरकै वडा नम्बर ८ का अनिल साहलाई पक्राउ गरेर रौतहट प्रहरीले सार्वजनिक गरेको हो।
  • हत्या भएका नाबालक वृन्दावन नगरपालिका-७ बस्ने सुरुज राय यादवको छोरा १४ वर्षीय कृष्ण प्रसाद यादवको शव गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा फेला परेको थियो।
  • गत वैशाख ६ गते टिकटक बनाउने भन्दै मृतक कृष्ण प्रसाद यादवलाई फोन गरी गरुडानगरपालिका-८ स्थित चाँदी खोलामा बोलाएका थिए।

 

रौतहट :

१४ वर्षीय बालकको हत्या गर्ने ४ अभियुक्तलाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा वृन्दावन नगरपालिका-७ का २५ वर्षीय नागेन्द्र सहनी, साधु भन्ने २२ वर्षीय नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल, गौरकै वडा नम्बर ८ का अनिल साहलाई पक्राउ गरेर रौतहट प्रहरीले सार्वजनिक गरेको हो।

हत्या भएका नाबालक वृन्दावन नगरपालिका-७ बस्ने सुरुज राय यादवको छोरा १४ वर्षीय कृष्ण प्रसाद यादवको शव गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा फेला परेको थियो। गत वैशाख ६ गते टिकटक बनाउने भन्दै मृतक कृष्ण प्रसाद यादवलाई फोन गरी गरुडानगरपालिका-८ स्थित चाँदी खोलामा बोलाएका थिए।  मृतक कृष्ण प्रसाद यादव सो स्थानमा पुगेपछि अभियुक्तहरूले उनलाई नियन्त्रणमा लिई मोबाइल खोसी सोही मोटरसाइकलमा तीनै जना चाँदी खोला गएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए।  वैशाख ११ गते छातीमा र पेटमा गोली लागेको, घाँटी छिनिन लागेको, पेटबाट भित्री अङ्गहरु बाहिर निस्केको, टाउकोको भाग सडिगलेको अवस्थामा यादवको शव चाँदी खोलामा फेला परेको थियो। प्रहरीको अनुसन्धानमा दुवै परिवार बीच पुरानो रिसिबी रहेको खुलेको छ।

नागेन्द्र सहनीको भतिजी मृतकको बुबाको इँटा भट्टामा डुबी मरेको विषयमा मारेको भनि मृतक परिवारले आरोप लगाउँदै आएकाले पारिवारिक रिसिबी रहेको खुल्न आएको उपरीक्षक घिमिरेले बताए।  घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गर्दा साधु भन्ने नागेन्द्रले कृष्णलाई धकेली लडाएर छातीमा २ राउण्ड गोली हानेको खुलेको छ। घटनापश्चात दुवै जना मृतककै मोटरसाइकलमा साधु भन्ने नागेन्द्र सहनीको दुर्गाभगवती गाउँपालिका-५ स्थित बहिनी ज्वाइँको घरमा उक्त पेस्तोल लुकाएको, मोटरसाइकलको नम्बर प्लेट भाँची माटो भित्र गाडेको र मोटरसाइकल सोही घरमा छाडी गएको प्रहरीको अनुसन्धानले देखाएको छ। वैशाख ७ गते मृतकको बिआर ०५ डब्लु ०१३७ नम्बरको मोटरसाइकल विकास पटेललाई ५ हजार रुपैयाँमा बेचेको र गौरको मोटरसाइकल ग्यारेजबाट काटिएको अवस्थामा फेला परेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।  त्यस्तै दुर्गा भगवती गाउँपालिका-५ का नागेन्द्र सहनीको बहिनिको घरबाट लुकाई राखेको अवस्थामा घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल बरामद गरेर पक्राउ परेका ४  जनालाई ७ दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको उपरीक्षक घिमिरेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला
इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला
फेरि हवल्दारसहित १५ प्रहरी सम्पर्कविहीन भएको सूचना
फेरि हवल्दारसहित १५ प्रहरी सम्पर्कविहीन भएको सूचना
बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृ*त्यु
बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृ*त्यु
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी
वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ
निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ
कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
‘सर्वोत्कृष्ट प्रहरी’ प्रसनी रागनी यादव आइजीपी कार्कीबाट ४० हजार नगदसहित सम्मानित
‘सर्वोत्कृष्ट प्रहरी’ प्रसनी रागनी यादव आइजीपी कार्कीबाट ४० हजार नगदसहित सम्मानित
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन