सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी
१२ वैशाख, सिन्धुली ।
सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ ।मेयर दुनुवारले १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विहिबार जाहेरी दर्ता भएको हो ।दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी ती बालिकालाई मेयर अधिकारी दनुवारले करणी गरेको जाहेरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बालिकाले गत फागुनमा एक शिशु जन्माइ सकेकिछन् । शिशु जन्मिएपछि मेयरले करणी गरेको घट्ना बाहिरिएको हो । बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको बताएको छ । प्रहरीका अनुसार मेडिकल रिपोर्ट, डीएनए परीक्षण लगायतका प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको छ । दनुवार २०७९ को स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।
Post Comment