Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३५ पटक हेरिएको
Shares
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल

सारांश

  • गोरखा भूकम्पको स्मरणमा आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले पुनर्निर्माणका केही कार्य सम्पन्न भए पनि जनताले अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्नुभयो ।
  • “दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले बारपाकसहित भूकम्पबाट अति प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःसंरचनाका लागि प्रयास गरेँ ।
  • स्थानीय जनताको सहयोग र साथका कारण धेरै कामहरू अघि बढे ।

 

१२ वैशाख, काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दशकअघि आजकै दिन गएको भूकम्प (गोरखा भूकम्प) को विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ सङ्कल्प अद्वितीय रहेको बताउनुभएको छ । गोरखा भूकम्पको स्मरणमा आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले पुनर्निर्माणका

केही कार्य सम्पन्न भए पनि जनताले अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्नुभयो । “दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले बारपाकसहित भूकम्पबाट अति प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःसंरचनाका लागि प्रयास गरेँ । स्थानीय जनताको सहयोग र साथका कारण धेरै कामहरू अघि बढे । तेस्रो कार्यकालमा पनि प्रकोप व्यवस्थापनका क्षेत्रमा उल्लेख्य पहलकदमी भएको विदितै छ”, अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले जनताबाट प्राप्त विश्वास, सुझाव र प्रेरणाले आफूहरुलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको उहाँले बताउनुभयो । “हामीले विगतमा एकताबद्ध भएर विपत्तिको सामना गर्न सकेका थियौँ, अब पनि साझा उद्देश्यका साथ विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ भन्ने दृढ विश्वास छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा
९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा
राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा न्यौपाने
राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा न्यौपाने
दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप’
दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप’
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ, प्रहरीद्वारा स्वागत
मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ, प्रहरीद्वारा स्वागत
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
हेटौँडामा आठ किलो सुनसहित समातिए दुई भारतीय नागरिक
हेटौँडामा आठ किलो सुनसहित समातिए दुई भारतीय नागरिक
कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित,
कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित,
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु