मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
६५ पटक हेरिएको
Shares
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त

सारांश

  • रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख (मेयर) रिनाकुमारी साह पदमुक्त भएकी छन्।
  • नेकपा एमालेले गरेको कारबाहीअनुसार निर्वाचन आयोगले मेयर साह पदमुक्त भएकी सूचना सार्वजनिक गरेको छ।
  • साह २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मौलापुरको मेयर निर्वाचित भएकी थिइन्।

३० असोज, रौतहट। रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख (मेयर) रिनाकुमारी साह पदमुक्त भएकी छन्। नेकपा एमालेले गरेको कारबाहीअनुसार निर्वाचन आयोगले मेयर साह पदमुक्त भएकी सूचना सार्वजनिक गरेको छ।

साह २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मौलापुरको मेयर निर्वाचित भएकी थिइन्। तत्कालीन अवस्थामा एमालेमा रहेकी उनी पछि दल त्याग गरेर अरु पार्टीमा प्रवेश गरेकी थिइन्। दल त्याग गरेको भन्दै एमालेले साहलाई कारबाही गर्दै नगर प्रमुखबाट पदमुक्त गर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो। निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम साह निर्वाचित भएको पद स्वत: रिक्त भएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई
मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री 
काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री 
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का   
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का   
आज दुई वटा समितिको बैठक बस्दै
आज दुई वटा समितिको बैठक बस्दै
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
सञ्चार मन्त्री खरेलको प्रष्टीकरण : ‘चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन’
सञ्चार मन्त्री खरेलको प्रष्टीकरण : ‘चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन’
ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यक : मन्त्री गौतम
ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यक : मन्त्री गौतम