विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
४३ पटक हेरिएको
Shares
विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा

सारांश

  •    सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले शिक्षकहरूले राखेका मागलाई अध्ययन गर्दै त्यसलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
  • यसका लागि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा रहेका सांसद डा.
  • तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टिम बनाउने निर्णय भएको उनले बताए ।

११ वैशाख, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षकहरूले अघिसारेका मागलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको छ ।   सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले शिक्षकहरूले राखेका मागलाई अध्ययन गर्दै त्यसलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

यसका लागि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा रहेका सांसद डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टिम बनाउने निर्णय भएको उनले बताए । त्यस्तै आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेटको छलफलमा पनि प्रभावकारी ढंगले उपस्थिति जनाउने निर्णय बैठकले गरेको छ ।

नीति तथा कार्यक्रमका साथै बजेटको छलफललाई प्रभावकारी बनाउन उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिने निर्णय भएको प्रमुख सचेतक परियारले बताए । त्यस्तै दलको बैठकले राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको निजामती विधेयकमाथिको छलफलमा समेत पार्टीले प्रभावकारी रूपमा भूमिका निर्वाह गरी छिटो अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा जिप दुर्घटना हुँदा १५ घाइते, तीनको अवस्था गम्भीर
जाजरकोटमा जिप दुर्घटना हुँदा १५ घाइते, तीनको अवस्था गम्भीर
एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता
एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव
खोलामा नुहाउने क्रममा कैलालीमा चार किशोरको मृत्यु
खोलामा नुहाउने क्रममा कैलालीमा चार किशोरको मृत्यु
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन