सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
७२ पटक हेरिएको
Shares
विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा

सारांश

  •    सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले शिक्षकहरूले राखेका मागलाई अध्ययन गर्दै त्यसलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
  • यसका लागि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा रहेका सांसद डा.
  • तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टिम बनाउने निर्णय भएको उनले बताए ।

 

११ वैशाख, काठमाडौं–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षकहरूले अघिसारेका मागलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको छ ।   सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले शिक्षकहरूले राखेका मागलाई अध्ययन गर्दै त्यसलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

यसका लागि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा रहेका सांसद डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टिम बनाउने निर्णय भएको उनले बताए । त्यस्तै आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेटको छलफलमा पनि प्रभावकारी ढंगले उपस्थिति जनाउने निर्णय बैठकले गरेको छ ।

नीति तथा कार्यक्रमका साथै बजेटको छलफललाई प्रभावकारी बनाउन उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिने निर्णय भएको प्रमुख सचेतक परियारले बताए । त्यस्तै दलको बैठकले राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको निजामती विधेयकमाथिको छलफलमा समेत पार्टीले प्रभावकारी रूपमा भूमिका निर्वाह गरी छिटो अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ संसदीय समिति बैठक बस्दै, यस्तो छ कार्यसूची
३ संसदीय समिति बैठक बस्दै, यस्तो छ कार्यसूची
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
युवा संघको साहित्य सम्मेलन ; वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
युवा संघको साहित्य सम्मेलन ; वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद
ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिए हुन्छ : गृहमन्त्री गुरुङ
भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिए हुन्छ : गृहमन्त्री गुरुङ
राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो