Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
४४ पटक हेरिएको
Shares
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी

सारांश

  • नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमिसम्बन्धी ऐन निकै पुरानो भएकाले काम गर्न समस्या देखिएकाले परिमार्जनको तयारी भइरहेको बताएका हुन् ।
  • उनले नयाँ नापी ऐनको ड्राफ्ट समेत मन्त्रालय तयार गरेको जानकारी दिदै अव छलफल गर्दै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिए ।
  • उनले स्वबासी, गुठी लगाएतका जग्गामा देखिएको समस्या समाधान गर्नका लागि समिति गठन गर्ने र त्यसको प्रतिवेदनका आधारमा सरकारले आवश्यक निकास निकाल्ने उल्लेख गरे  ।

 

९ वैशाख, काठमाडौं–

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमिसम्बन्धी ऐन निकै पुरानो भएकाले काम गर्न समस्या देखिएकाले परिमार्जनको तयारी भइरहेको बताएका हुन् ।

उनले नयाँ नापी ऐनको ड्राफ्ट समेत मन्त्रालय तयार गरेको जानकारी दिदै अव छलफल गर्दै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिए । उनले स्वबासी, गुठी लगाएतका जग्गामा देखिएको समस्या समाधान गर्नका लागि समिति गठन गर्ने र त्यसको प्रतिवेदनका आधारमा सरकारले आवश्यक निकास निकाल्ने उल्लेख गरे  । उनले जग्गा तथा आवास कारोवारलाई सहज गर्न उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।  मन्त्री अधिकारीले घर जग्गा व्यवसायमा देखिएका नकारात्मक भाष्यलाई चिर्दै मुलुकको प्रचलित कानुनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गरे  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ