लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ नहुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ नहुने

सारांश

  • सुनुवाइका लागि निवेदनको पेशी न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो।
  • तर उक्त रिट ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ।
  • आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले आफ्ना श्रीमानको रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेकी हुन्।

८ वैशाख, काठमाडौं :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ नहुने भएको छ। सुनुवाइका लागि निवेदनको पेशी न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो। तर उक्त रिट ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ।

आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले आफ्ना श्रीमानको रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेकी हुन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय , रुपन्देही जिल्ला अदालत रुपन्देही , उच्च अदालत तुलसीपुर बुटवल इजलास,जिल्ला प्रहरी परिसर भद्रकाली,कारागार कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देही र  जिल्ला प्रहरी कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देहीलाई विपक्षी बनाइएको छ। यसअघि बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो। सोही आदेशबमोजिम लामिछाने हाल भैरहवा कारागारमा छन्।

उच्च अदालतले पुपर्क्षका लागि कारागार पठाएपछि लामिछानेले कारागारबाटै उच्चको आदेश खारेजको माग गर्दै बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गराएका थिए। सो रिटमा सर्वोच्चले कैफियत  प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ। तत्काल छुट्ने अवस्था नभएपछि लामिछानेले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। ती ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बिगो माग दाबी गरिएको थियो।

त्यसपछि माघ १३ गते जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएपछि गोर्खा मिडियाका तत्कालीन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश जारी गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभइ थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन २२ गते उच्च अदालत पुगेको थिए । फागुन २६ गते लामिछाने पनि जिल्ला अदालतको एक करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
गाजामा इजरायली आक्र*मणमा २५ प्यालेस्टिनीको मृ*त्यु
गाजामा इजरायली आक्र*मणमा २५ प्यालेस्टिनीको मृ*त्यु
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते
कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै