Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
८९ पटक हेरिएको
Shares
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

सारांश

  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।
  • दुर्घटनामा परी घाइते भएका चालक पाँचथर फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र स्वास्थ्यकर्मीले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
  • आज लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

३ वैशाख, ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका चालक पाँचथर फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र स्वास्थ्यकर्मीले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आज लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा सहचालक फिदिम नगरपालिका–३ कै सौजन श्रेष्ठको ढाडमा गम्भीर चोट लागेको छ । सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी तापेथोकबाट प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घटनास्थल तापेथोक प्रहरी चौकीबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा
बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन् : सांसद अन्सारी
बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन् : सांसद अन्सारी
निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड
नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड
उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन
उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन