२६ जेष्ठ २०८२, आईतवार

ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ

३ वैशाख, काठमाडौं ।

अनलाइन भुक्तानी प्लेटफर्म ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालिमाटीबाट मंगलबार पक्राउ गरेको हो । उनले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई-सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताए ।

उनले एसएमएस मार्फत द अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउने र उक्त लिंक खोलेपछि ई-सेवामा पहुँच पुर्‍याएर रकम चोरी गरेको पाइएको प्रहरीको भनाइ छ । उनले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई-सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताए । उनले एसएमएस मार्फत द अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउने र उक्त लिंक खोलेपछि ई-सेवामा पहुँच पुर्‍याएर रकम चोरी गरेको पाइएको प्रहरीको भनाइ छ ।

लिंक पठाएपछि तपाईंको खाता सस्पेन्ड हुन लागेको चेतावनी दिँदै भेरिफाईको लिंक खोल्न लगाएर व्यक्तिका ई-सेवामा पुहुँच पुर्‍याएको आरोप छ । उक्त रकम उनले पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?