Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम

सारांश

  • ढल्केवर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–२ र ६ को सीमामा पर्ने बसही खोलामा अधूरो पुल निर्माणको माग गर्दै स्थानीयवासीले चक्काजाम गरेका छन् ।
  • बुधबार (आज) चक्काजाम गर्दै उनीहरूले सरकार र निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् ।
  • राजु कन्ट्रक्सन कम्पनीले लामो समयदेखि पुल निर्माणको जिम्मा लिएर बेवास्ता गर्दै आएको स्थानीयवासीको आरोप छ ।

३ वैशाख, जनकपुर ।

ढल्केवर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–२ र ६ को सीमामा पर्ने बसही खोलामा अधूरो पुल निर्माणको माग गर्दै स्थानीयवासीले चक्काजाम गरेका छन् ।
बुधबार (आज) चक्काजाम गर्दै उनीहरूले सरकार र निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् । राजु कन्ट्रक्सन कम्पनीले लामो समयदेखि पुल निर्माणको जिम्मा लिएर बेवास्ता गर्दै आएको स्थानीयवासीको आरोप छ । लामो समयदेखि पुल निर्माण अधुरोध रहेका कारण दर्जनौँ मानिस दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन् ।

मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माणका नाममा भइरहेको लापरबाही जनताको जीवनसँग खेलवाड भएको टिप्पणी गर्दै भने, ‘हामीले धेरै सह्यौं, अब धैर्यको सीमा नाघेको छ। यदि तत्काल निर्माण सुरु भएन भने जनस्तरबाट संघर्ष चर्किनेछ ।’ उनका अनुसार आजै प्रमुख जिल्ला अधिकारीसँग छलफल हुँदैछ । वार्ता सकारात्मक नभए आमसभा, धर्ना, मसाल जुलुसजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि उनले दिए ।
पुल नहुँदा साना सवारीसाधन खोलाको पेटीबाट जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन्। चक्काजाममा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, युवा र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
तोलामा २ हजार ७ सय रुपैयाँ बढ्यो सुन
तोलामा २ हजार ७ सय रुपैयाँ बढ्यो सुन
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
म्याग्दी बाढीपहिरो : प्रभावित क्षेत्रमा विद्युत् प्रसारणलाइन मर्मत सुरु
म्याग्दी बाढीपहिरो : प्रभावित क्षेत्रमा विद्युत् प्रसारणलाइन मर्मत सुरु
सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
भारतको बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
भारतको बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु
नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु