समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २१, २०८२
|
|
३६ पटक हेरिएको
Shares
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

सारांश

  • प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ ।
  • निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीमा एक हजार ७ सय ७२ जना महिला उम्मेदवार समावेश छन्।
  • यस्तै, एक हजार ३ सय ६३ जना पुरुष उम्मेदवार रहेका छन्।

२१ माघ, काठमाडौं ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीमा एक हजार ७ सय ७२ जना महिला उम्मेदवार समावेश छन्। यस्तै, एक हजार ३ सय ६३ जना पुरुष उम्मेदवार रहेका छन्। समानुपातिकतर्फ कूल ६३ वटा राजनीतिक दल सहभागी भएका छन् भने आयोगले ५७ वटा निर्वाचन चिन्ह कायम गरेको जनाएको छ ।

अन्तिम बन्दसूचीअनुसार समानुपातिक प्रणालीतर्फ कूल तीन हजार १ सय ३५ जना उम्मेदवार कायम भएका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो। यसअघि आयोगले विभिन्न कारण देखाउँदै ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको थियो। आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भइसकेका २५ जना उम्मेदवारको नाम हटाइएको छ।

यस्तै, तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नपरेका एक जना उम्मेदवारलाई पनि बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ। यसका साथै, सम्बन्धित राजनीतिक दलको अनुरोधमा १० जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिक बन्दसूचीमा महिलाको सङ्ख्या बढी हुनु समावेशी प्रतिनिधित्वको दृष्टिले सकारात्मक मानिएको छ। आयोगले आगामी निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र कानुनअनुसार सम्पन्न गराउन सबै तयारी तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभाको बैठक आज बस्दै
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
भन्सार छलीगरेको डेढ करोडको सामानसहित दुई जना नियन्त्रणमा
भन्सार छलीगरेको डेढ करोडको सामानसहित दुई जना नियन्त्रणमा
बीपीको सालिकमा कालोमोसो दलेकोमा एमाले महासचिवको आपत्ति
बीपीको सालिकमा कालोमोसो दलेकोमा एमाले महासचिवको आपत्ति
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
कुलमानलाई धक्का, ३ जना केन्द्रीय सदस्यले पार्टी छाडे
कुलमानलाई धक्का, ३ जना केन्द्रीय सदस्यले पार्टी छाडे