सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
१२२ पटक हेरिएको
Shares
सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ

सारांश

  • नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘पर्यटन क्षेत्रमा वातावरण प्रदुषणको असर’ शीर्षकको अन्तक्र्रिया कार्यक्रममा बोल्दै वातावरण प्रदुषणका कारण नेपालको सुन्दर छविलाई छोप्नसक्ने जोखिम रहेको बताएका हुन् ।
  • उनले भने, ‘पछिल्लो वर्षहरुमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्न थालेका छन् ।
  • यसले वायु प्रदुषण हरेक वर्ष बढिरहेको छ ।

३० चैत, काठमाडौं :

काठमाडौं नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘पर्यटन क्षेत्रमा वातावरण प्रदुषणको असर’ शीर्षकको अन्तक्र्रिया कार्यक्रममा बोल्दै वातावरण प्रदुषणका कारण नेपालको सुन्दर छविलाई छोप्नसक्ने जोखिम रहेको बताएका हुन् ।

उनले भने, ‘पछिल्लो वर्षहरुमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्न थालेका छन् । यसले वायु प्रदुषण हरेक वर्ष बढिरहेको छ । जसले पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ । अन्य निर्माण तथा उद्योगहरुले वायु प्रदुषणका लागि योगदान गरिरहेका छन् । तर, पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ ।’ नेपालमा जलवायु परिवर्तनका लागि न्यून योगदान भएपनि बढी नोक्सानीको सामना गर्नुपरेको सीईओ जोशीले बताएका छन् । उनले थपे,‘अहिले विश्वमा नेपाल प्राकृतिक सुन्दरताको मुलुकको छवि बनाएको छ । तर, पछिल्ला वर्षहरूमा नेपाल बढेको वायु प्रदूषणका कारण सुन्दर मुलुकको छवि छोपिदिएको छ ।’

जोशीले सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनले भने,‘नेपालको जीडीपीमा बढी योगदान गरिरहेको पर्यटन क्षेत्रले १० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगार दिएको छ । त्यसकारण सरकारले पर्यटन क्षेत्रबाट अझै लाभ लिनका लागि जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदुषणलगायतका पर्यटनलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ ।’ नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्र शेखर कार्कीले जलवायु प्रदूषणलाई सामान्य रुपमा लिन नहुने बताए । उनले यस्तो संवेदनशील विषयमा संघसंस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा पर्यटन, वातावरण क्षेत्रका विज्ञ, पत्रकार तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईपीएस कोरिया शाखाका निर्देशक जिम्मेवारीबाट हटाइए
ईपीएस कोरिया शाखाका निर्देशक जिम्मेवारीबाट हटाइए
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी
पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी
पत्रकार महासंघको चुनाव : कसले कहाँ जिते ?
पत्रकार महासंघको चुनाव : कसले कहाँ जिते ?
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण