नयाँ वर्ष नजिकिँदै, पोखरामा पर्यटक बढ्दै
३० चैत, पोखरा :
नयाँ वर्ष २०८२ नजिकिँदै गर्दा पोखरामा पर्यटक आगमन बढेको छ। पोखरामा यतिबेला भारतीय, युरोपियन, अमेरिकनलगायत देशमा पर्यटक र आन्तरिक पर्यटकसमेतको आगमन बढेको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
यतिबेला पोखराका होटलहरूमा ६० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको पनि उनले जानकारी दिए। नयाँ वर्ष महोत्सवमा ९० प्रतिशत बढी अकुपेन्सी रहने आयोजकको विश्वास छ। यो सिजन भारतीय पर्यटक घुम्न आउने समय, अन्नपूर्ण पदयात्रा क्षेत्रमा घुम्न जाने पर्यटक आउने सिजन र विद्यालयको परीक्षा सकिएर छुट्टी भएकाले आन्तरिक पर्यटकको आगमनसमेत बढेको होटल संघ नेपालका अध्यक्ष सुवेदीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment