तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२२ पटक हेरिएको
Shares
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास

सारांश

  • गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरेका छन् ।
  • शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।
  • ’ राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरुसमेतको उपस्थितिमा काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो ।

२९ चैत, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’

राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरुसमेतको उपस्थितिमा काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो । संसदीय समितिमा घटनाको विवरण सुनाउँदै गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए । तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने उनले बताए । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धबलशम्शेर राणा लगायत पक्राउ परेका छन् । प्रसाईंलाई आज भारतबाट झापा हुँदै काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
देशभरका राजमार्गहरूमा पहिरो र बाढीका कारण यातायात प्रभावित
देशभरका राजमार्गहरूमा पहिरो र बाढीका कारण यातायात प्रभावित
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड
तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान