१२ श्रावण २०८२, आईतवार

मकवानपुरमा करेन्ट लागेर एकको मृ*त्यु

 

हेटौँडा, चैत २९ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ८ः४० बजे मकवानपुरगढी गाउँपालिका–५ सिमलटारका ५५ वर्षीय  भूमिनन्द तिमल्सिनाको करेन्ट लागेर मृत्यु भएको हो ।

घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते हुनुभएका तिमल्सिनाको उपचारको क्रममा  हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । तिमल्सिनाको शव हेटौँडा अस्पतालमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?