विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
३५ पटक हेरिएको
Shares
विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने

सारांश

  • टोखा नगरपालिका–९ विष्णुमती करिडोरमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको रु एक करोड ९८ लाख २२ हजार लागतमा पार्क निर्माण हुन लागेको हो ।
  • नयाँबसपार्कको सिमानासँग जोडिएको विष्णुमतीमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका ८२ अस्थायी टहरा हटाएर उक्त स्थानमा पार्क निर्माण गर्न लागिएको हो ।
  • नयाँ निर्माण भएको पार्कभित्र खुला व्यायमशाला, ज्येष्ठ नागरिक मिलन केन्द्र, चिल्ड्रेन पार्क र अपाङ्गमैत्री शौचालय रहने टोखाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर विसीले जानकारी दिनुभयो ।

काठमाडौँ, २८ चैतः

काठमाडौँको नयाँबसपार्कस्थित विष्णुमती किनारामा रु एक करोड ९८ लाख २२ हजार लागतमा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिका–९ विष्णुमती करिडोरमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको रु एक करोड ९८ लाख २२ हजार लागतमा पार्क निर्माण हुन लागेको हो ।

नयाँबसपार्कको सिमानासँग जोडिएको विष्णुमतीमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका ८२ अस्थायी टहरा हटाएर उक्त स्थानमा पार्क निर्माण गर्न लागिएको हो । नयाँ निर्माण भएको पार्कभित्र खुला व्यायमशाला, ज्येष्ठ नागरिक मिलन केन्द्र, चिल्ड्रेन पार्क र अपाङ्गमैत्री शौचालय रहने टोखाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर विसीले जानकारी दिनुभयो ।

नगरप्रमुख प्रकाश अधिकारीले स्थानीयवासीको लामो समयदेखिको मागअनुसार पार्क निर्माण कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले नेपाल भूकम्पले अति जोखिम क्षेत्र भएकाले खुल्ला स्थान बनाउनुपर्ने स्थानीयको मागअनुसार पार्क तथा उद्यान निर्माण गर्न लागिएको बताउनुभयो । पार्क एक वर्षभित्र निर्माण सम्पन्न हुने सो नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग
सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग
मेची राजमार्ग सञ्चालन गर्न सडक मर्मतमा नेपाली सेना
मेची राजमार्ग सञ्चालन गर्न सडक मर्मतमा नेपाली सेना
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा
दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता
दुई महिनामा प्राकृतिक विपद्‌‌बाट १६८ जनाको मृत्यु, ५० बेपत्ता
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
खाने तेलको ग्यालेनभित्र चरेश बरामद
खाने तेलको ग्यालेनभित्र चरेश बरामद