१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २२, २०८०
|
|
१०८ पटक हेरिएको
Shares
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा

सारांश

  • इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ ।
  • बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्,  ‘दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

२२ असोज, काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्,  ‘दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’ उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशिघ्र ल्याउने तयारी छ । मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ ।

इजरायलस्थित नेपाली दूताबासले इजरायल सरकारसँग समन्वय र सहयोगमा वेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशिघ्र नेपाल ल्याउने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
सर्लाहीमा १३ गते बाट दादुरा-रुबेला खोप अभियान सुरु
सर्लाहीमा १३ गते बाट दादुरा-रुबेला खोप अभियान सुरु
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने
टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा
टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा
इरान-अमेरिका युद्धविराम ६० दिनका लागि विस्तार
इरान-अमेरिका युद्धविराम ६० दिनका लागि विस्तार