नेपाल र भारतका कृषिमन्त्रीबिच समझदारी पत्रमा हस्ताक्षर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
४३ पटक हेरिएको
Shares
नेपाल र भारतका कृषिमन्त्रीबिच समझदारी पत्रमा हस्ताक्षर

सारांश

  • नेपाल र भारतबिच कृषि क्षेत्रमा क्षेत्रमा सहयोग र सहकार्यका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
  • कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
  • यो सम्झौताले दुई देशहरू बिचको निरन्तर सहकार्यलाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।

२७ चैत, काठमाडौँ ।

नेपाल र भारतबिच कृषि क्षेत्रमा क्षेत्रमा सहयोग र सहकार्यका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताले दुई देशहरू बिचको निरन्तर सहकार्यलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । यस सम्झौताले विशेष गरी बाली उत्पादकत्वमा सुधार, पोष्ट हार्भेष्टको व्यवस्थापन र बजारीकरणका साथै जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रहरूमा हाल जारी रहेको सहयोगलाई नयाँ प्रेरणा दिने अपेक्षा गरिएको छ । त्यस्तै कृषि–बजार प्रणालीहरू, जलवायु–प्रतिरोधी र दिगो कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्ने जस्ता क्षेत्रहरूमा सहयोग मिल्नेछ ।

यो सम्झौताले खाद्य सुरक्षा सुनिश्चित गर्ने, किसानको जीविकोपार्जन बढाउने र वातावरणीय रूपमा दिगो कृषितर्फ काम गर्ने दुवै देशहरूको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको उल्लेख छ । यसअघि मन्त्री अधिकारी र चौहानबिच दुई पक्षीय भेटघाट भएको थियो । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा रहेको द्विपक्षीय सहयोगको समीक्षा गर्नुभयो र पारस्परिक लाभका लागि सहकार्यलाई थप बढवा दिने तरिकाहरूबारे छलफल गरे । मन्त्री चौहानले आज काठमाडौँमा आयोजित तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ 
लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ 
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो
स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो
साइबर ब्युरोले लियो एमाले नेता महेश बस्नेतको बयान
साइबर ब्युरोले लियो एमाले नेता महेश बस्नेतको बयान
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
जेन-जी आन्दोलन : ढल्यो तीन प्रहरी परिवारको सहारा
जेन-जी आन्दोलन : ढल्यो तीन प्रहरी परिवारको सहारा
बाल्टीको पानीमा डुबेर शिशुको मृ*त्यु
बाल्टीको पानीमा डुबेर शिशुको मृ*त्यु