२६ जेष्ठ २०८२, आईतवार

१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

 

२४ चैत, काठमाडौं । 

सशस्त्र प्रहरी बल नेपालले १० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाही गाउँबाट आइतबार सशस्त्र प्रहरीले करिब १० लाख ८ हजार रूपैयाँ

बराबरको लत्ताकपडासहित उक्त गाडी नियन्त्रणमा लिएको हो ।बा प्र ०१–०२७ च ८५०३ नम्बरको टाटा  पिकअप गाडीमा वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिर नजिकबाट लोड गरी जीतपुरसिमरातर्फ २० बोरा लत्ताकपडा लैजान लागेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले भन्सार छलीको कपडा र गाडी  नियन्त्रणमा लिएको हो ।

गाडीलाई पिछा गर्दै आएपछि भलुवाहीमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी  र पिकअप गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बरामद गाडीको भन्सार दाखिला मूल्य २५ लाख र लत्ताकपडाको मूल्य १० लाख ८ हजारसहित जम्मा भन्सार दाखिला मूल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?