१० श्रावण २०८२, शुक्रबार

श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर

 

२४ चैत,  काठमाडौं। 

श्रम शोषण भएको भन्दै डाक्टरहरू धर्नामा बसेका छन् । सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरू धर्नामा बसेका हुन् ।  आइतबार उनीहरूले माइतीघरमा मण्डलमा श्रम शोषणविरुद्ध प्रदर्शन गरे ।

मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम् तलब ४८,००० पाउनु पर्नेमा १९,५०० मात्र पाएको उनीहरूको भनाइ छ ।उनीहरूले स्वास्थ्य र शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, स्वास्थ्य शिक्षामाथिको राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, स्वास्थ्य शिक्षा पूर्ण सरकारीकरण गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?