रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन् ।
  • उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् ।
  • सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले अनुमोदन गरेको छ ।

२३ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन् । उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् । सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले अनुमोदन गरेको छ ।

यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए । केही दिनअघि मात्रै रवि पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसलगत्तै राति ९ बजे उनी पक्राउ परेका थिए ।आफ्नै कोठाबाट पक्राउ परेका रविलाई आज विमान मार्फत रुपन्देही लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने पक्का, मोदीले दिए बधाई
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने पक्का, मोदीले दिए बधाई
प्रधान सेनापति सिग्देल भारत प्रस्थान
प्रधान सेनापति सिग्देल भारत प्रस्थान
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?
लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?
सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने
सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने