Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
११३ पटक हेरिएको
Shares
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन

सारांश

  • मधेश प्रदेशका अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको केही महिनादेखि तलब नपाएको विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
  • मुख्यमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्तीमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिँदै संघ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेको उल्लेख गरेका छन् ।
  • उनले प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

२२ चैत, जनकपुर ।

मधेश प्रदेशका अस्पताल तथा स्थानीय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको केही महिनादेखि तलब नपाएको विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्तीमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिँदै संघ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेको उल्लेख गरेका छन् । उनले प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

साथै, उनले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तलब भुक्तानीमा ढिलाइ हुन नदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीको प्रतिवद्धताअनुसार अब करार स्वास्थ्यकर्मीहरूको तलब समस्या समाधान हुने निश्चित भएकोले कार्यरत कर्मचारीहरूलाई नियमित रूपमा सेवामा खटिन आग्रह गरिएको छ ।

नेपाल चिकित्सक संघ, मधेश प्रदेश समितिले करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समस्या समाधानका लागि गरेको पहलप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै धन्यवाद व्यक्त समेत गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा
लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
होटल वर्गीकरण मापदण्ड परिमार्जनका लागि सुझाव माग
होटल वर्गीकरण मापदण्ड परिमार्जनका लागि सुझाव माग
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन