पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३६ पटक हेरिएको
Shares
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

सारांश

  • पाँचथरमा वनमा आगलागी हुँदा  एक जनाको मृत्यु भएको छ ।
  • तीन जना घाइते भएका छन् ।
  • प्रहरीका अनुसार मृतक र घाइते एकै परिवारका हुन् ।

२२ चैत, विराटनगर ।

पाँचथरमा वनमा आगलागी हुँदा  एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतक र घाइते एकै परिवारका हुन् । पाँचथरको कुम्मायक गाउँपालिका- ३ मा रहेको निजी वनमा आगलागी हुँदा घाँस दाउरा गर्न गएकी कुम्याक-३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो ।

आगलागीमा परी ६० वर्षीया निरमाया सम्वाहाम्फे, उनकी छोरी २८ वर्षीया सपना सम्वाहाम्फे, सपनाकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे गम्भीर  घाइते भएका हुन् । मृतक युवती निरमायाको नातिनी हुन् । पाँचथर प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार पहाडमा माथि घाँस दाउरा गरिरहेका बेला  तलबाट आगलागी सुरु भएको थियो । भाग्ने ठाउँ नभेटेपछि आगोमा चार जना परेको उनले बताए ।

घाइतेकाे  बिहीबार दिउँसो प्रहरीले उद्धार गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उनले बताए । धरानमा उपचारका क्रममा बिहीबार राति प्रतिमाको मृत्यु भएको हो । अन्य तीन जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । आगलागी भएको निजी वन सोही स्थानका अमर थापा र पदम खड्कालगायतको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ
अदालतको आदेशपछि शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब
अदालतको आदेशपछि शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह
हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने
जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ
जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ