तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३१ पटक हेरिएको
Shares
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन

सारांश

  • प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
  • समितिको आजको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै मितिमा खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
  • समिति सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापनको कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न र भव्यताका साथ तोकिएकै मितिमा खेलकुद प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताए ।

२१ चैत, काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै मितिमा खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

समिति सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापनको कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न र भव्यताका साथ तोकिएकै मितिमा खेलकुद प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताए । प्रतियोगिता आगामी २०८२ जेठ ३ देखि १० सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ। युवामन्त्री चौधरीले खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए । उनले खेलाडीलाई तयारी अवस्थामा राखिएको बताए । उनले सुशासन, व्यवस्थापनमा केही कठिनाइ आउने भन्दै त्यसलाई नै मध्यनजर गरेर काम भइरहेको उल्लेख गरे ।

समिति सदस्य रेखा शर्माले जुनसुकै हालतमा प्रतियोगिता आयोजना गर्नुपर्ने बताइन् । समिति सदस्य दीपा शर्माले खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि मन्त्रालय, राखेपबीच सहकार्य हुनुपर्नेमा जोड दिइन् । समिति सदस्य रामप्रकाश चौधरीले खेलकुद सम्पन्न गर्नका लागि मन्त्रालय र राखेपबीच तालमेल नमिलेको भन्दै समयमा नै प्रतियोगिता गर्नुपर्ने बताए । समितिले प्रतियोगिताको तयारी र व्यवस्थापनको बारेमा यहीँ चैत २२ देखि २४ गतेसम्म स्थलगत अवलोकन गरी जानकारी लिने सभापति थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
राज्य व्यवस्था समितिको सभापतिमा एमालेको दाबी नहुने
राज्य व्यवस्था समितिको सभापतिमा एमालेको दाबी नहुने
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?
मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह