१२ श्रावण २०८२, आईतवार

काठमाडौं महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो

 

२१ चैत, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यकक्षमा प्रवेश गरेका छन् । कार्यकक्षमा महानगरले तलाएको ताला फोडेर उनलाई प्रवेश गराइएको हो ।

बिहीबार मेयर बालेन्द्र शाहबिनै बसेको कार्यपालिका बैठकमा गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय भएको थियो । उपमेयर सुनीता डंगोलको नेतृत्वमा बैठक बसेको थियो । उनलाई कार्यालयमा स्वागत गर्न कर्मचारीहरु भेला भएका थिए र नगरप्रहरीसँगको ठेलमठेलमा गुरागाईंलाई कार्यालयमा प्रवेश गराइएको थियो । गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा थिए, जुन निर्णय मेयर बालेनले गरेका थिए ।

काठमाडौं टावर १२ तलाको बनाउने भनिए पनि त्यसलाई १९ तलाको स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाइएको थियो । महानगरपालिकाले गुरागाईंमाथि छानबिन गर्न तीन वटा समिति गठन गरेको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काममा फर्किन आवश्यक वातावरण मिलाउन निर्देशन दिएको थियो । बालेन भने उनलाई कुनै पनि हालतमा नफर्काउने अडानमा थिए र नयाँ कार्यकारी अधिकृत पठाउनमा संघीय सरकारसँग माग गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?