पत्रकार हत्याको विरोधमा सर्लाहीको सदरमुकाममा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
पत्रकार हत्याको विरोधमा सर्लाहीको सदरमुकाममा प्रदर्शन

सारांश

  • नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको आयोजनामा जिल्लाभरका पत्रकार सदरमुकाम मलङ्गवामा भेला भएर विरोध र्याली तथा कोण सभा सम्पन्न गरेका हुन् ।
  • हिजो सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आन्दोलनकारीबाट एक घरमा आगजनी हुँदा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।
  • त्यस्तै आन्दोलनरत पक्षबाट विभिन्न सञ्चारमाध्यममा आक्रमण भएको थियो ।

 १६ चैत सर्लाही –

समाचार संकलनको क्रममा पत्रकारको हत्या र सञ्चारगृहमा आक्रमण भएको विरोधमा सर्लाहीका पत्रकारले आज सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको आयोजनामा जिल्लाभरका पत्रकार सदरमुकाम मलङ्गवामा भेला भएर विरोध र्याली तथा कोण सभा सम्पन्न गरेका हुन् ।

हिजो सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आन्दोलनकारीबाट एक घरमा आगजनी हुँदा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । त्यस्तै आन्दोलनरत पक्षबाट विभिन्न सञ्चारमाध्यममा आक्रमण भएको थियो । सो घटनाको विरोधमा आज देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत सर्लाहीका पत्रकारले पनि सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका हुन् । मलङ्गवास्थित शहीद चोकबाट विरोध र्याली निकालेर नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभा गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले जनायो ।

र्यालीमा सहभागी पत्रकारले दोषीलाई कारवाही गर, पीडितलाई न्याय दे, सञ्चारमाध्यममाथिको आक्रमण बन्द गर, पत्रकार कुट्न पाइदैन, प्रेस स्वतन्त्रता जिन्दावादजस्ता नारा लगाएका थिए । र्यालीपश्चात आयोजित कोण सभालाई नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, पूर्व अध्यक्ष शङ्कर श्रेष्ठ र नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले सम्वोधन गर्दै जघन्य अपराधमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न र संविधान अनुरुप पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न माग गरेका छन् ।

आज बिहान नेपाल पत्रकार महासङ्घको स्थापना दिवस प्रभातफेरि र जिल्लाका पत्रकारको स्वास्थ्य परीक्षण गरेर मनाउने तयारी गरिएकोमा हिजो विकसित घटनापछि विरोध ¥याली र कोण सभा आयोजना गर्नुपरेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ठाकुरले बताए । उनले हिजोको घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई उचित राहत, घाइते पत्रकारको उपचार र सञ्चारगृहमाथि आक्रमण गर्ने व्यक्तिहरुको पहिचान गरी कारवाही अघि नबढाए थप सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु
पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
बडकी पोखरी मुसैली सौन्दर्यीकरण योजना ६ वर्षदेखि अलपत्र
बडकी पोखरी मुसैली सौन्दर्यीकरण योजना ६ वर्षदेखि अलपत्र
आगामी बजेटबारे राष्ट्रपतिलाई अर्थमन्त्रीको ब्रिफिङ
आगामी बजेटबारे राष्ट्रपतिलाई अर्थमन्त्रीको ब्रिफिङ