दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

सारांश

  • प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।
  • प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।
  • नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेको  पुष्टि गरेका छन् ।

१५ चैत, काठमाडौं ।

प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेको  पुष्टि गरेका छन् ।

गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।शुक्रबार दिउँसो उनी आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । त्यसक्रममा उनी ‘आओ-आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोहरुमा समेत देखिन्छ ।केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए ।

उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेका थिए । प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए । निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो छोडेको भिडिओमा देखिन्छ । सोही क्रममा अवस्था तनावग्रस्त बन्दै गयो । ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य
३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य
रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ