नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १३, २०८०
|
|
२० पटक हेरिएको
Shares
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित

सारांश

  •   नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित  भएको बाराबासीले महसुस गरीरहेका छन्।
  • जसको फलस्वरुप बाराको पचरौता नगरपालिका स्थित ४८ घण्टा नबित्दै दुई जनाको हत्या भएको सर्वविदितै छ।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु जिल्लामा शान्ति सुरक्षा तथा सिमानाका कडाई गरी नेपाल सरकारको राजश्व संकलन तिर ध्यान केन्द्रित नभई आफ्नो सँकलन तिर ध्यानाकर्षण भएको हुनाले बारामा त्यस्तो किसिमको अप्रिय घटनाहरु घटेको जानकारहरु बताएका छन्।

अमरेश कुमार पाण्डेय

१२ असोज, बारा।  नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित  भएको बाराबासीले महसुस गरीरहेका छन्। जसको फलस्वरुप बाराको पचरौता नगरपालिका स्थित ४८ घण्टा नबित्दै दुई जनाको हत्या भएको सर्वविदितै छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु जिल्लामा शान्ति सुरक्षा तथा सिमानाका कडाई गरी नेपाल सरकारको राजश्व संकलन तिर ध्यान केन्द्रित नभई आफ्नो सँकलन तिर ध्यानाकर्षण भएको हुनाले बारामा त्यस्तो किसिमको अप्रिय घटनाहरु घटेको जानकारहरु बताएका छन्।

भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा नै बाराको बिभिन्न नाकाबाट तस्करीको लाईन खुलेको स्रोतको दाबि रहेको छ। दशैं तिहार र छठ पर्वको अवसरमा किराना समान लता कपडा पडाका दिनहु तस्करी भइरहेको छ। खेना प्रसाद यादव र जोखन साह,मिश्रीलाल यादव मनतोष यादवले जिल्लाकै ठेक्का सम्झौता गरेका छन् मुसहरवा, नाका छतवा बरैनिया, मटिअर्वा, द झिटकैया, कवही गोठ,सनफुलवा, पचरौता बेलदारी,पथलवा घाट, सिम्रौनगढ बसवरिया लगायत नाका बाट बिभिन्न किसिमका तस्करी भइरहेको छ। त्यस्तै गरी भारतको हरेक बोडरमा रक्सी भट्टी संचालनले गर्दा चोरी पैठारी र अन्य कृयाकलाप भईरहेको जनताको गुनासो बढेको छ। सशस्त्र प्रहरी बलका सनोज यादव र सदीप चौधरीको तान्डव पनि कायमै रहेको स्रोतले जनाएको छ।

भने सशस्त्र प्रहरी बलका डिआइजी दिपेन्द्र साहले पनि कुनै एक्सन लिएको देखिदैन। सशस्त्र प्रहरी बल १२ गणपति टोप वहादुर डागीलाई र जिल्ला प्रहरी कार्यालयका नयाँ आएका उपरीक्षक सुरेश काफ्लेलाई झुक्याएर जिल्ला मै तान्डव मचाएको स्रोतको दाबी रहेको छ। चौधरी र यादवले असुली गर्ने सेटीङ्ग नमिलेको तस्करीको माल समान नियन्त्रणमा लिएर संगठन जोगाउनको लागि मात्र प्रकृया गरिरहेको स्रोतको दाबी रहेको छ। संगठन नीति निर्देशनलाई नै धज्जी उडाउँदै कार्य गरिरहेका देखिन्छ, भारतको बिहार राज्य रक्सी बन्द भय सगै नेपाल बाट बिहार राज्यमा रक्सी भित्रिएको स्रोत ले जनाएको छ। जब सम्म यो प्रक्रिया रहयो भने अपराधी को लरको लागि रहन्छ यो कार्य बन्द गर्न माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ