सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्यो: प्रतिपक्ष

१३ चैत, काठमाडौँ– संसद्को प्रतिपक्ष दलले सरकारले दुई तिहाइको बल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन प्रयोग गरेको आरोप लगाएको छ। सोमबार सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको छ।

कुलमानलाई हटाएको विरोधमा आजको संसद् बैठकको सुरुमै संसद्मै उठेर प्रतिपक्षले विरोध गरेका थिए। त्यसपछि प्रतिपक्षको तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले आफ्नो भनाइ राख्दै एमाले-कांग्रेसको दुई तिहाइको शक्ति एउटा सार्वजनिक संस्थानको व्यक्तिलाई हटाउन लागाएको बताए।



Post Comment