८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको

सारांश

  • भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।
  • छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा पाँच खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ।
  • गत साउनदेखि फागुनसम्म भारतबाट छ खर्ब ८८ अर्ब ६८ करोड रुपैयाँको आयात हुँदा एक खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ।

१३ चैत,  काठमाडौँ- चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा पाँच खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ। गत साउनदेखि फागुनसम्म भारतबाट छ खर्ब ८८ अर्ब ६८ करोड रुपैयाँको आयात हुँदा एक खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ। चीनसँग दुई खर्ब १९ अर्ब १८ करोड रुपैयाँको आयात र दुई अर्ब १२ करोडको निर्यात हुँदा २१ अर्ब ७० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ। साथै अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब ईमिरेट्स, अष्ट्रेलियालगायतका मुलुकहरूसँग नेपालको व्यापारघाटा उच्च छ।

यस अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ। अफगानिस्तान, डेनमार्क, रसिया, अष्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ। योअवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला आठ महिनामा नेपालले ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँको डिजेल, ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र ४१ अर्ब रुपैयाँको एलपी ग्यास आयात गरेका छ। नौ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन र दुई अर्ब ११ करोड रुपैयाँ बराबरको अन्य सवारीसाधन आयात भएको छ। यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्यांक छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग
तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट
सेयर बजारमा झिनो अकंको सुधार,कारोबार रकम साढे ४ अर्ब
सेयर बजारमा झिनो अकंको सुधार,कारोबार रकम साढे ४ अर्ब
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित
हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित
चर्चित गायक प्रशान्त तामाङको निधन
चर्चित गायक प्रशान्त तामाङको निधन
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत