भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३२ पटक हेरिएको
Shares
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

सारांश

  • भारत, बंगलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।
  • नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।
  • सन् २०२४ मा संघको सञ्जालमार्फत नौ लाख सातहजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको संघका कार्यकारी निर्देशक डा.

१३ चैत,  काठमाडौं । भारत, बंगलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।

सन् २०२४ मा संघको सञ्जालमार्फत नौ लाख सातहजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।  सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ । संघका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरेको हो । संघले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छ । यस्तै, ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरेको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार
दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
नेपालगञ्जमा कर्फ्यू यथावत्, वार्ताको पहल हुँदै
नेपालगञ्जमा कर्फ्यू यथावत्, वार्ताको पहल हुँदै
भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन