Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
५२ पटक हेरिएको
Shares
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

सारांश

  • भारत, बंगलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।
  • नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।
  • सन् २०२४ मा संघको सञ्जालमार्फत नौ लाख सातहजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको संघका कार्यकारी निर्देशक डा.

 

१३ चैत,  काठमाडौं । भारत, बंगलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।

सन् २०२४ मा संघको सञ्जालमार्फत नौ लाख सातहजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।  सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ । संघका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरेको हो । संघले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छ । यस्तै, ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरेको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलबार विदेशी मुद्राको विनिमयदर कति?
मंगलबार विदेशी मुद्राको विनिमयदर कति?
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने