Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
४६ पटक हेरिएको
Shares
शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

सारांश

  • शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् ।
  • चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
  • नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।

६ चैत, काठमाडौं ।

शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् । चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।

गत माघ १ गते समितिले १५ दिनको समय दिएर दरखास्त आह्वान गर्दा ३१ जनाको आवेदन परेको थियो । संक्षिप्त सूचीमा परेका ११ जनामध्येबाट उच्चतम अंक प्राप्त गर्ने सुवेदी र सापकोटा नियुक्तिका लागि सिफारिस भएका थिए ।

एक अध्यक्ष र दुई सदस्य (एक महिला) गरी तीन जनाको शिक्षक सेवा अयाोग रहने व्यवस्था छ । उनीहरुको पदावधि पाँच वर्षको हुन्छ । हाल शिक्षक सेवा आयोगको अध्यक्ष मधुप्रसाद रेग्मी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री
अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री
गोरखा १ मा सुधन गुरुङ विजयी
गोरखा १ मा सुधन गुरुङ विजयी
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप
सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली
सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली
गोरुले कुल्चिएर एक महिलाको मृत्यु
गोरुले कुल्चिएर एक महिलाको मृत्यु
कांग्रेस सहमहामन्त्री आक्रमणको विरोधमा नेविसंघ द्वारा प्रदर्शन
कांग्रेस सहमहामन्त्री आक्रमणको विरोधमा नेविसंघ द्वारा प्रदर्शन
दार्चुलामा दुई लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ
दार्चुलामा दुई लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ
मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा
मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा