प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

२७ फागुन, जारी पीएम कपमा आज दुई खेल हुँदै छन्। आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। यसअघि कोशी प्रदेशले पहिलो खेलमा हार बेहोरेको थियो। मधेश प्रदेशको भने यो पहिलो खेल हो।

त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच हुँदै छ। देउखुरी क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। अहिलेसम्म कर्णालीले पहिलो खेलमा जित हासिल गरेको छ भने गण्डकीले पहिलो खेलमा हार बेहोरिसकेको छ।




Post Comment