आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
२३ पटक हेरिएको
Shares
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

सारांश

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ।
  • उत्पादन र उत्पादकत्वको विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ।
  • सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

२६ फागुन, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ। उत्पादन र उत्पादकत्वको विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा विभिन्न विषयमा प्यानल डिसकसन समेत हुनेछ ।

आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको मन्त्रालयले जनाएको छ।  तीन तहका सरकार तथा निजी क्षेत्रको संलग्नता, औपचारिक तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बिमाको विस्तार र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रलाई सहयोग पुग्ने मन्त्रालयको दाबी छ । आप्रवासन सुशासनका आयाम, अनौपचारिक क्षेत्रको औपचारिककरण, आन्तरिक रोजगारी प्रवर्द्धन हुने मन्त्रालयको विश्वास छ।

रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी सम्मेलनमा ५ सय जनाको सहभागिता हुनेछ ।  सम्मेलनमा भएका छलफल र सुझाव बमोजिम सोह्र योजना तथा दिगो विकासका लक्ष्य प्राप्ति समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोचलाई साकार पार्न आवश्यक नीतिगत र कानुनी सुधार गरिनेछ ।  सरकारले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा रोजगार सम्मेलन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ
राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै
राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै
एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)
एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान