२६ जेष्ठ २०८२, आईतवार

आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

 

२६ फागुन, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ। उत्पादन र उत्पादकत्वको विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा विभिन्न विषयमा प्यानल डिसकसन समेत हुनेछ ।

आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको मन्त्रालयले जनाएको छ।  तीन तहका सरकार तथा निजी क्षेत्रको संलग्नता, औपचारिक तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बिमाको विस्तार र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रलाई सहयोग पुग्ने मन्त्रालयको दाबी छ । आप्रवासन सुशासनका आयाम, अनौपचारिक क्षेत्रको औपचारिककरण, आन्तरिक रोजगारी प्रवर्द्धन हुने मन्त्रालयको विश्वास छ।

रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी सम्मेलनमा ५ सय जनाको सहभागिता हुनेछ ।  सम्मेलनमा भएका छलफल र सुझाव बमोजिम सोह्र योजना तथा दिगो विकासका लक्ष्य प्राप्ति समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोचलाई साकार पार्न आवश्यक नीतिगत र कानुनी सुधार गरिनेछ ।  सरकारले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा रोजगार सम्मेलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?