देशको राजधानी काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
३० पटक हेरिएको
Shares
देशको राजधानी काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् ।
  • उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
  • आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् डीआईजी टेक तामाङ भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाइएको बताउँछन् । ‘जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं,’ उनले भने । सुरक्षा स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।

यही सन्दर्भमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो । बैठकमा भिड अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुनसक्ने भएकाले त्यसलाई रोक्ने तयारीबारे छलफल भएकोे थियो । साथै सुरक्षा प्रबन्धका लागि ‘आवश्यक मात्रा’मा सुरक्षाकर्मी परिचालन गर्ने निष्कर्ष निकालिएको एक अधिकारीले बताए । ‘आवश्यक परे चारवटै सुरक्षा निकाय परिचालित गरिन्छ,’ स्रोतले भन्यो । सुरक्षा समितिको सोही निर्णय अनुसार आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा
भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
काभ्रे २ मा रास्वपाका भण्डारी विजयी
काभ्रे २ मा रास्वपाका भण्डारी विजयी
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने
मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन
मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै
मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै