सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
२६२ पटक हेरिएको
Shares
काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

सारांश

  • काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन् ।
  • बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट गएराति एक बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

 

१० साउन, काठमाडौं ।

काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन् । बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट गएराति एक बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

पर्सामा पनि गाँजा बरामद

यसैगरी पर्साको छिपरमाई गाउँपालिका एक मिर्जापुरबाट गएराति १४० किलो लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । बगैंचामा बेवारिसे अवस्थामा राखिएको गाँजा गएराति ९ बजे प्रहरीले फेला पारेको हो । गाँजा कसले राखेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोरङबाट ब्राउनसुगरसहित एकजना पक्राउ

 

यसैबीच मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोला नजिकबाट गएराति साढे १० बजे ६ ग्राम ३८० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रंगेलीबाट कानेपोखरी तर्फ आउँदै गरेको प्रदेश १–०२०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार मोरङकै बेलबारी नगरपालिका ११ बस्ने रणध्वज राईलाई लागु औषधसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरी मोरङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन
बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन
दरबारमार्गमा भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा
दरबारमार्गमा भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
ललितपुरमा बस दुर्घटना, दर्जनौं घाइते
ललितपुरमा बस दुर्घटना, दर्जनौं घाइते
अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृ*त्यु
अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृ*त्यु
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष