२६ जेष्ठ २०८२, आईतवार

राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने

९ असोज, काठमाडौं : राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने भएको छ।

यसअघि असोज १२ गते बस्ने भनिएको बैठक १८  गते बिहीबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो। राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम  बैठक सारिएको संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयले जारी गरेको सूचनामा भनिएको छ,’मिति २०८० साल असोज १२ गते शुक्रबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद,राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल असोज १८ गते बिहीबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?