इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
२४ पटक हेरिएको
Shares
इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार

सारांश

  • सुनसरीको इटहरीमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाको शंकास्पद मृत्यु भएको छ ।
  • आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको पाइएपछि घटना शंकास्पद देखिएको हो ।
  • प्रहरीका अनुसार घटना गत ९ फागुनको हो ।

२२ फागुन, विराटनगर । सुनसरीको इटहरीमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाको शंकास्पद मृत्यु भएको छ । आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको पाइएपछि घटना शंकास्पद देखिएको हो । प्रहरीका अनुसार घटना गत ९ फागुनको हो । २१ वर्षीया चन्दा चौधरी इटहरी उपमहानगरपालिका–६, विकास चोकमा ६४ वर्षीय समयलाल गुप्ताले भाडामा लिएको घरमा काम गर्दै आइरहेकी थिइन् ।

गुप्ताका अनुसार उनी अचानक बिरामी परेपछि गत ९ फागुनमा चौधरीलाई इटहरीस्थित पञ्चकोशी हेल्थ सर्भिस लगिएको थियो । अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पतालबाट शव बुझेर ल्याएका गुप्ताले आफन्तलाई खबर नै नगरी इटहरीस्थित बुढी खोला घाटमा लगेर दाहसंस्कार गरेका थिए । प्रहरीका अनुसार उनको दाहसंस्कार गर्न अन्य चार जनालाई मलामी पनि लगेका थिए । दाहसंस्कारको भोलिपल्ट मात्रै चन्दाकी दिदी रिताले बहिनीबारे सोधीखोजी गरेकी थिइन् । बहिनीको मृत्यु भएको खबर नै नगरेपछि प्रहरीमा जाहेरी दिएको उनले बताइन् ।

‘अरूले भनेपछि सोध्दा आफैं जलाएँ भन्ने कुरा आयो, हामीलाई गुप्ताले खबर नै गरेनन्,’ उनले भनिन् ,‘त्यसपछि प्रहरीलाई खबर गरेका हौं ।’ रिताका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि चन्दा गुप्ताको घरमा काम गर्न बसेकी थिइन् । गुप्ताले पहिलेदेखि नै शारीरिक यातना पनि दिने गरेको आफन्तको आरोप छ ।इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार जाहेरीपछि गुप्ता पक्राउ परेका छन् । महिलाको मृत्युपछि गुप्ताले आफन्त र प्रहरीलाई पनि खबर नगरेको उनले बताए । ‘लास हेर्न पाइएन, पोस्टमार्टम पनि भएको छैन,’ उनले भने, ‘अस्पतालले जे खुलाउँछ, त्यही अनुसार अनुसन्धान अघि बढ्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स भिड्दै
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
स्वास्थ्य मन्त्रालयमा एक सातामा भएका प्रमुख गतिविधि
स्वास्थ्य मन्त्रालयमा एक सातामा भएका प्रमुख गतिविधि
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
प्रधानमन्त्रीको प्रश्न : चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?
प्रधानमन्त्रीको प्रश्न : चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ