राजनीति नेपाल र चीनबीच १३ वटा सम्झौता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ८, २०८०
|
|
६० पटक हेरिएको
Shares
राजनीति नेपाल र चीनबीच १३ वटा सम्झौता

सारांश

  • नेपाल र चीनबीच १३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् ।
  • ग्रेट हल अफ दि पिपुलमा भएको द्विपक्षीय वार्तापछि १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

८ असोज, काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् ।

ग्रेट हल अफ दि पिपुलमा भएको द्विपक्षीय वार्तापछि १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । द्विपक्षीय वार्ताको क्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङ्ले चीन–नेपाल सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्री प्रचण्डको विशेष योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्ड र  चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्ता फलदायी रहेको टिप्पणी गर्नुभयो ।

रणनीतिक साझेदारीको सहकार्यसहित नेपाल चीनसम्बन्धमा राष्ट्रपति सी को २०१९ मा भएको नेपाल भ्रमणदेखि नयाँ आयाम एवम् उचाइ थपिएको बताउनुहुँदै नेपालको विकासका लागि सहकार्य गर्न चीन सदैव तत्पर रहेको भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाल अहिले सामाजिक एवम् आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य छिटो टुङ्गोमा पुर्‍याउन नेपालले काम गरिरहेको बताउनुभयो ।

द्विपक्षीय वार्ता अघि प्रधानमन्त्री प्रचण्डको स्वागतार्थ चिनियाँ जनमुक्ति सेनाले सैनिक सलामी, गार्ड अफ अनर दिइएको थियो । यसअघि चीनको राष्ट्रिय काग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेचिसँग पनि प्रधामन्त्री प्रचण्डले भेट गर्नुभएको थियो । अध्यक्ष झाओका अनुसार चीनले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई विशेष महत्त्व दिएको छ । चिनियाँ कांग्रेस नेपालको विकासका लागि सहकार्य गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित,
गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित,
सुनको मूल्य तोलामा ५५०० रुपैयाँले बढ्यो, नयाँ कीर्तिमान
सुनको मूल्य तोलामा ५५०० रुपैयाँले बढ्यो, नयाँ कीर्तिमान
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै