२६ जेष्ठ २०८२, आईतवार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

 

फागुन १९ गते । जिल्लाको  माण्डवी गाउँपालिका वडा नम्बर ३ लामाचौरमा मोटर साइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती रा २ प ७४० नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४२ वर्षीय रिम बहादुर खनालको घटना स्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिंगृबाट चकचके तर्फ जाँदै गरेको मोटरसाइकलमा सवार तीन जना युवा घाइते भएका छन् । गम्भीर घाइते मोटरसाइकल चालक माण्डवी गाउँपालिका ३ नयाँ गाउँका १८ वर्षीय अभिषेक कार्की लाई उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार नयाँ गाउँका १८ वर्षीय सुमन पुन र वडा नम्बर ५ चकचके निवासी १७ वर्षीय शिशिर थापाको हात खुट्टामा सामान्य चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment