जसपा नेपालको केन्द्रीय कमिटी आजदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
२३ पटक हेरिएको
Shares
जसपा नेपालको केन्द्रीय कमिटी आजदेखि

सारांश

  •   बैठक बिहान ११ बजेबाट ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
  •    बैठकमा भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ।
  • बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

 

१८ फागुन,  काठमाडौं :  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ।  बैठक बिहान ११ बजेबाट ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।   बैठकमा भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ।

बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन्।  त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति, सरकारले ल्याएको अध्यादेश, विधेयकको चर्चा र पार्टीको सङ्गठनात्मक कार्य योजनालगायतका एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए। सरकारले ल्याएका ६ अध्यादेश राष्ट्रियसभाबाट पारित गर्न जसपा(नेपाल) निर्णायक पार्टी हो। तर, यसअघि भूमि अध्यादेशमा मात्र बिमती राख्दै आएको पार्टीले शुक्रबार भने भूमि अध्यादेश फिर्ता नलिए अरु अध्यादेशमा समेत सहमति जनाउन नसकिने बताएको थियो।

विचौलियाहरुले सांसदको किनबेच गरेर भए पनि अध्यादेश पारित गराउन दबाब बढाएको आरोप लगाउँदै अध्यक्ष उपेन्द्र यादवले जर्बजस्ती पारित गरे आन्दोलनमा जाने घोषणा गरेका थिए।  पार्टी प्रवक्ता मनिष सुमनका अनुसार सरकारले पेलेर अघि बढे समर्थन फिर्ता लिनेसम्मको विकल्पमा समेत पार्टीले आन्तरिक छलफल चलाएको छ। अहिलेसम्म सरकारलाई दिएको समर्थन यथावत् रहेको भन्दै सुमनले अध्यादेश फिर्ता लिने वा पेलेर अघि बढ्ने भन्ने विषयले यसको निर्धारण गर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?